Shishuwa Saving & Credit Cooperative Society Ltd

शिशुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड

Introduction

परिचय

अन्नपुर्ण र माछापुच्छ्रेका चम्कीला एंव उज्जल हिमशृंखलाको प्रकृतिक सौन्दर्यबाट सोभाएमान भएको सुन्दर नगरी पोखरा र यसै संग जोडीएर रहेको पोखरा देखी १० कि.मि. पुर्व तर्फ अवस्थीत लेखनाथ नगरपालिका कवि शिरोमणी लेखनाथ पौडेलको जन्मभुमी एव सात तालको बगैचा शहर बाट विश्वसामु परिचित छ । लेखनाथ नगरपालिका को प्रमुख व्यापारिक   केन्द्र शिशुवा र यसको मुटुमा रहेको यस शिशुवा कृषि सहकारी संस्था लि.को कृषि तथा गैह्र कृषि क्षेत्रमा पुजी तथा ऋण उपलब्ध गराई सदस्यहरुको आर्थिक स्थरमा सुधार गर्ने उदेश्य राखि सहकारी ऐन २०४८ को दफा १२ को उपदफा (१) ले दिइएको अधिकार प्रयोग गरी मिति २०६४-०२-०६ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीमा विधिवत दर्ता भई स्थापना भएको हो । सात तालको वाटिका सहर लेखनाथको मुटु शिशुवा चोकमा प्रधान कार्यालय रहेको शिशुवा कृषि सहकारी संस्था लि.ले लेखनाथ नगरपालीका, पोखरा उपमहानगरपालिका, कालिका गा.वि.स., माझठाना गा.वि.स.का बासीन्दाहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वित्तीय तथा अन्य सेवा प्रदान गर्दै आइरहेको छ ।


उदेश्यहरू

सहकारीको सिद्धान्त अनुसार यस संस्थाका सदस्यकहरुको शैक्षिक ,आर्थिक सामाजिक सास्कृतिक आवश्यकातहरु परीपुर्ति गर्ने उदेश्यले शिशुवा कृषि सहकारी संस्थाको स्थापना गरीएको हो । र यसका उदेश्यहरु बुदागत रुपमा निम्न अनुसार छन । 

१. आफना सदस्यहरुको आर्थिक एंव सामाजिक उन्नती गर्ने 

२. सदस्यहरुमा स्वावलम्वन आपसी सहयोग र मितब्ययिताको भावना विकास गर्ने 

३. सदस्यहस्लाई बचत गर्नै बानी बसाल्ने र संयुक्त प्रयास द्वारा काम गर्ने प्रोत्साहित गर्ने 

४. सदस्यहरुलाई दैनिक आवश्यकीय बस्तुहरू उचित मुल्यमा खरीदविक्री गर्न प्रोत्साहित गर्ने 

५. सदस्यहरुलाई कृषि उपज को ब्यापार ब्यवसाय गर्न आवस्यक पर्ने तालिम गोष्ठी भ्रमण आदि गराउने। 

६. सदस्यहरुलाई बजारमा हुने अस्वस्थ प्रतिस्प्रधाबाट हुने नकरात्मक असरहस्लाई औल्याउदै स्वस्थ प्रतिस्प्रधाबाट हुने नकरात्मक असरहरुलाई औल्याउदै स्वस्थ प्रतिस्पर्धा का लागी प्रोत्साहान गर्ने 

७. सहकारी माध्यमबाट भविश्यमा सहकारी तथा कृषि सम्बन्धी उधोग स्थापना गर्न अन्तराष्ट्रिय सहकारी माहासंघ दारा प्रतिपादित सहकारीका सात सिद्धान्तहरूमा रहेर यस सहकारी अगाडि बडेको छ ।